×

सत्ता गठबन्धनकाे बैठक निष्कर्षविहीन, बेलुका फेरि बस्ने

images

पालिका चुनावमा सिट भागबन्डा गर्न बसेकाे सत्तारुढ गठबन्धनकाे बैठक विना निष्कर्ष सकिएकाे छ ।

आज साेमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठक निष्कर्षविहीन भएकाे र बैठक बेलुका फेरि बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयाे । 

यसअघि सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको हिजाे आइतवार बसेकाे बैठकमा पनि कुनै टुङ्गाे लागेकाे थिएन । पालिका चुनावमा सिट बाँडफाँट गर्न भन्दै केही दिनदेखि सत्ता गठबन्धनकाे बैठक बस्दै आइरहेकाे छ ।  

सोमबार ५ बैशाख २०७९ ०१:३० PM मा प्रकाशित

प्रतिक्रिया