×

बालेनविरुद्धको मुद्दाको रिटमा आज सुनुवाइ हुँदै

images

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले सिंहदरबारको फोहोर नउठाएको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा आज (मंगलबार) सुनुवाइ हुनेछ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिट परेको थियो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइटमा लैजान, नियमित फोहोर संकलन र विसर्जन गर्नुपर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

  शाहविरुद्धको मुद्दा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको छ । 

मङ्गलबार ५ बैशाख २०८० १२:४४ PM मा प्रकाशित

प्रतिक्रिया