काठमाडौँ । मंगलबारका लागि तय भएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् ।
बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया