×

लुम्बिनीमा एमालेले टुङ्ग्यायो पाँच मन्त्रीको नाम

images

बुटवल । नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्रीहरू थपिने भएका छन् ।यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । आज भएको सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका  छन् ।

एमाले संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार भूमिश्वर ढकाल (रुपन्देही), दिनेश पन्थी (गुल्मी), अर्जुन कुमार केसी (कपिलवस्तु) र रत्नबहादुर खत्री (बाँके)लाई  सरकारमा पठाउने  निर्णय गरेको छ । चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक/एक जना मन्त्री बनाइसकेका छन् ।

महराले विश्वासको मत समेत लिइसकेका छन् । माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेले पाँचै जनाको नाम मुख्यमन्त्री जोखबहादुर महरालाई बुझाइसकेको छ । मन्त्रीलाई आज बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

बिहीबार ६ बैशाख २०८१ ११:४६ AM मा प्रकाशित

प्रतिक्रिया