×

आजको मौसम -- मुलुकभर हल्का वर्षा हुने सम्भावना 

images


काठमाडौं । आज मुलुकभर वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोको समयमा मुलुकको पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।
मुलुकको पहाडी  भू–भाग तथा तराईका केही स्थानमा  चट्याङ्ग पर्नेदेखि हावा हुरी चल्ने सम्भावना समेत रहेको छ । शनिवार राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थान तथा देशका तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार ४ चैत २०७९ १०:२० AM मा प्रकाशित

प्रतिक्रिया