×

पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक : नेता गच्छदार

images

इनरुवा :नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि सबै एक ढिक्का हुन आवश्यक रहेको पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले बताउनुभएको छ ।  

नेपाली कांग्रेस सुनसरीले आज सदरमुकाम इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रममा नेता गच्छदारले कांग्रेस बलियो भएन भने लोकतन्त्र नै कमजोर हुने भएकाले लोकतन्त्रलाई जोगाउन र अहिलेको व्यवस्थालाई ठीक ढङ्गले अगाडि बढाउनका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । 

पछिल्लो समय देशको राजनीतिक गतिविधि सही ‘ट्र्याक’मा अगाडि नबढेको उहाँले सुनाउनुभयो । देशको राजनीतिलाई सही ट्र्याकमा अगाडि बढाउनका लागि कांग्रेसलाई मजबुत पार्टीका रुपमा स्थापित गर्न आवश्यक रहेको नेता गच्छदारले बताउनुभयो । 

     कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका सदस्य राजीव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, पार्टी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, इनरुवा नगरपालिकाका उपप्रमुख विनिता मेहता, दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदार, पार्टीका सुनसरी उपसभापति पङ्कज महतो, सुनसरी सचिव वीरेन्द्रकुमार साहलगायतको सहभागिता थियो ।

सोमबार ५ चैत २०८० ०७:१८ AM मा प्रकाशित

प्रतिक्रिया