×

आजपनी संसद बैठकमा एमसीसी टेबल नहुने, बैठक ८ गते फेरि बस्ने

images

सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि आज पनि एमसीसी संसद बैठकमा टेबल नहुने भएको छ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् । आजको बैठकमा पनि देउवाले तत्काल एमसीसी संसदमा पेस गर्ने प्रस्ताव गरेका थिए । नेपालले भने पार्टीको स्थायी कमिटी बसेर औपचारिक धारणा बनाउने भन्दै प्रधानमन्त्रीसँग एमसीसीमा हतार नगर्न आग्रह गरेका थिए । बैठक एक घण्टामै सकिएको छ । 


बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष  नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो । 

आजको बैठकमा नेपालसहित प्रधानमन्त्री  देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्यो चाँडो एमसिसी संसदमा पेस गर्ने पक्षमा छन्। गठबन्धनका अरू तीन दलका शीर्ष नेताले भने आजै बिहान बैठक गरी अहिले एमसिसी संसदमा पेस गर्न नसकिने बताएका थिए। 

शुक्रबार​ ६ फागुन २०७८ ११:२१ AM मा प्रकाशित

प्रतिक्रिया