×

सभामुखमा नेकपा एमालेका घिमिरेले दिए उम्मेदवारी

images

काठमाडौं । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् । घिमिरेले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्।

उनी झापा-२ बाट निर्वाचित सांसद हुन्। भोलि हुने सभामुख चयनको निर्वाचनमा एमालेबाट घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन्। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ।

बुधबार ४ माघ २०७९ ०१:१३ PM मा प्रकाशित

प्रतिक्रिया