×

अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै

images

पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै बिसौँ पटक अनशन बस्नुभएका डा केसीको स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी भर्ना गरिएको छ । अस्पतालका चिकित्सक डा शेरबहादुर कमरले डा केसीमा श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिङगटा लाग्ने, मुटुको धड्कन बढ्ने, थकान महसुस हुने जस्ता समस्या देखिएको जानकारी दिनुभयो ।  
 
डा कमरले भन्नुभयो, “पाँच दिनदेखि केही पनि नखाई अनशन बस्नु भएकाले उहाँको रगतमा चिनीको मात्रा कम भएको, शरीरमा पोषणतत्व र पानीको अभाव भई रक्तचाप कम हुँदै गएकाले जुनसुकै समयमा पनि ज्यान जोखिममा पर्नसक्ने खतरा छ ।”

डा केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ । यसअघि पनि उहाँ पटकपटक अनशन बस्नुभएको थियो । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सेती प्रादेशिक अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ ।

शनिबार १ असोज २०७९ ०९:०२ AM मा प्रकाशित

प्रतिक्रिया