मुग्लिन । सुख्खा पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड सुचारु भएको छ ।
आइतबार बिहान करिब ४ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा दुईतर्फी अवरुद्ध भएको सडक सुचारु भएको हो । सडक डिभिजन भरतपुरले २ वटा यान्त्रिक उपकरणले पहिरो हटाई सडक सुचारु गरिएको जानकारी दिएको छ ।
वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया