×

इजाजत खारेज गर्दै अल करिम ओभरसिज : लेनदेन भए सम्पर्क गर्न विभागको आग्रह

images

वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजतपत्र प्राप्त अल करिम ओभरसिज कन्सल्टेन्सीले आफ्नो इजाजत खारेजीको लागि माग गरेको छ । इजाजत पत्र खारेजी गरी धरौटी रकम फिर्ता र बैंक ग्यारेण्टी फुकुवाको लागि कन्सल्टेन्सीले वैदेशिक रोजगार विभागसँग माग गरेको हो ।

कन्सल्टेन्सी खारेज हुँदा कसैको हक स्वामित्व तथा लेनदेनमा असर पर्ने भए सवुत प्रमाणसहित विभागमा सम्पर्क गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले गएको असार २९ गते सूचना प्रकाशन गरेको छ । सूचना प्रकाशन भएको ३५ दिनभित्र विभागमा सम्पर्क गर्न सकिन्छ ।

मागबमोजिम इजाजतपत्र खारेज भइ धरौटी रकम फिर्ता र बैंक ग्यारेण्टी फुकुवा भइसकेपछि सम्बन्धित कन्सल्टेन्सीसँगको लेनदेनमा आफू जिम्मेवार नरहने पनि विभागले जनाएको छ ।

आइतबार​ १ साउन २०७९ ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया