×

स्रोतमा नै फोहरको वर्गीकरण

images

 

फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्र सङ्कलन गर्न थालेको छ । 

यसका लागि महानगरले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो । नगर प्रमुख बालेन्द्र साह फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन आग्रह गर्दै नागरिकको घरदैलोमा पुग्नुभएको थियो ।       
 
आज महानगरका ३२ वटै वडाबाट यस किसिमको अभ्यास सुरु गरिएको हो । कुहिने र नकुहिने फोहरलाई फरकफरक राखे व्यवस्थापनमा ठूलो सहयोग हुने विश्वास महानगरको छ  ।  

महानगरले सङ्कलित फोहर उठाउनका लागि दिन तय गरेको छ ।  यसअनुसार पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहर सङ्कलन गरिनेछ भने मङ्गलबार र शुक्रबार नकुहिने फोहर उठाइनेछ । 

यसरी सङ्कलन गरिएको फोहरको प्रकृतिअनुसार ल्याण्डफिल साइटमा पनि छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ । महानगरको आग्रहलाई बेवास्ता गरी एकै स्थानमा राखिएको फोहर व्यवस्थापनका लागि लगेमा रु ५०० जरिवाना गरिने छ । 

जैविक फोहरबाट गड््यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । कुहिने तर पुनःप्रयोगमा आउनसक्ने फोहरलाई पुनःप्रयोग गर्न सकिन्छ । पुनः चक्रिय फोहर सङ्कलकलाई बेचेर आयआर्जन गर्नेतर्फ ध्यान दिन महानगरले नागरिकसमक्ष आग्रह गरेको छ । 

आइतबार​ १ साउन २०७९ ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया