×

समाजवादी मोर्चा बन्दै

images

काठमाडौं । शीर्ष नेताहरूबिच छलफल हुन नसक्दा शुक्रबार समाजवादी मोर्चा घोषणा हुन सकेन। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव शक्रबार दिउँसो काठमाडौँबाहिर भएकाले शीर्ष नेताबिच सामूहिक छलफल हुन नसक्दा मोर्चा घोषणा हुन नसकेको बताए।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दल मिलेर समाजवादी मोर्चाको घोषणा गर्दैछन्।

मोर्चामा आबद्ध दलहरूले साझा सैद्धान्तिक कार्यक्रम अन्तर्गत नेपाली विशेषताको समाजवाद स्थापना गर्ने भएका छन्। जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी सिद्धान्त र संविधानप्रति प्रतिबद्ध भएर नेपाली विशेषताको समाजवाद स्थापना मोर्चाको साझा सङ्कल्प हुने जानकारी दिए। उनले भने, “मोर्चाको सैद्धान्तिक उद्देश्य भनेको नेपाली विशेषताको समाजवाद स्थापना हो।”

मोर्चामा सहभागी दलका नेताहरूले आलोपालो नेतृत्व गर्ने सहमति भए पनि अन्तिम रूप दिन भने बाँकी छ। उनले तत्काल केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति भएको बताए। मोर्चाको केन्द्रीय सचिवालय बनाइने भएको छ। गोरखापत्र दैनिकबाट

शनिबार २ असार २०८० ०९:४२ AM मा प्रकाशित

प्रतिक्रिया