×

नेप्से दोहोरो अंकले बढ्यो

images


काठमाडौं । साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से २३.३९ अंकले बढेर एक हजार ८ सय ४५ दशमलब ०१ विन्दुमा बन्द भएको हो मंगलबार नेप्से ३.२९ अंकले बढेर एक हजार ८ सय २१ दशमलब ६० विन्दुमा बन्द भएकोे थियो ।

नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । मंगलबार नेप्सेमा ६२ करोड एक लाख १७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो ।

आज कारोबार भएका १८७ कम्पनीको शेयरमूल्य बढेको छ भने २५ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९३३.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज पाँच करोड एक लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बुधबार ३ जेठ २०८० ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया