×

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बालकोटमा सहमति

images

काठमाडौं । संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन प्रमुख तीन दलबीच सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो समय सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशका भरमा चलेको भन्दै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

उनले भने–‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहकको भरमा चलेको छ। लामो समयदेखि नेतृत्व कार्यवाहक रहेकोले, यो स्थिति रहनुहुँदैन भन्ने कुरा उठिराखेको छ । प्रधानमन्त्रीले यो कुरामा विशेष पहल गर्नुभयो । प्रधानमन्त्रीले प्रधाननयायधाीशको स्थायी नियुक्तको लागि पहल गर्नुभयो ।

प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक डाक्ने र प्रधानन्यायाधीश नियुक्त गर्ने प्रस्ताव राख्नुभयो । विपक्षी दलका नेता ओलीले हुन्छ भन्नुभएको छ । अब चाँडै बैठक बस्छ । संसद् सञ्चालनका बारेमा र संसदीय समितिलाई पूर्णता दिनेबारे पनि छलफल भएको छ । अरु विषयमा छलफल गर्दै जाने सहमति भएको छ । अब संसदीय समितिले पनि चाँडै पूर्णता पाउँछ ।”

सोमबार ४ बैशाख २०८० १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया