×

उपराष्ट्रपतिमा आफु विजयी हुने उम्मेद्वार शाक्यको दाबी 

images

काठमाडौं । नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले भावि उपराष्ट्रपतिमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छिन् ।  संसद भवनमा उपराष्ट्रपतिमा मतदान चलिरहदाँ पत्रकारसंग कुरागर्दै उनले माहोल आफ्नो पक्षमा परेको भन्दै जित्नेमा आफु ढुंक रहेको दाबी गरेकी हुन् । 

उनले संविधान विपरित पुरुषलाई नै उपराष्ट्रपति पदमा उम्मेद्वार बनाइएको भन्दै आपत्ति जनाइन् । उनले सेरोमोनीयल पद भएपनि संविधान र राष्ट्रको गरिमा बढाउन यो पदको ठुलो भूमिका हुने बताइन् । 

उनले भनिन् ‘अधिकारसम्पन्न कार्यकारी पनि होइन राष्ट्रपति र उपराष्ट्रपति। तर, यो गरिमामय पद हो। यसले संविधान र राष्ट्रको संरक्षण गर्नुपर्छ। कामको हिसाबले कमजोर भएपनि यो उच्च पदस्थ हो।’
 

शुक्रबार​ ३ चैत २०७९ ०१:०६ PM मा प्रकाशित

प्रतिक्रिया