×

बहराइनमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने मौका पाएँ -- सभामुख घिमिरे

images


काठमाडौं । सभामुख देवराज घिमिरेले बहराइनमा बर्षौदेखि काम गरिरहेका नेपालीबारे जानकारी लिन पाएको बताए । 

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु)को १४६औँ महासभामा सहभागी भई नेपाल फर्किएका उनले पत्रकारहरुसंग कुराकानी गर्दै उनले नेपाली श्रमिकहरुको काम बारे

जानकारी लिएको बताए । उनले भने ‘यो भेटघाटले बहराइनमा रहेका नेपालीहरुले काम कसरी गरिरहेका छन् भन्ने जानकारी भयो । ठुला ठुला राजाहरुको उट फारमा हामी

गएका थियौं । त्यो उट फारममा सेक्युरेटीको नेतृत्व गर्ने झापाको नेपाली रहेछन् । उनी १७ वर्षदेखि त्यहाँ काम गरिरहेका रहेछन्।’

त्यस्तै उनले महासभामा सहभागी भई नेपालको तर्फबाट आमनिर्वाचनपछि गरिरहेको काम र अबको कार्ययोजनाहरुको बारेमा तर्कहरुको गरेको बताए । 

‘हाम्रो देशको संसदको भुमिका, दोस्रो आमनिर्वाचनपछि गरिरहेको कामहरु र अव गर्ने कामहरुको बारेमासमेत विश्वमा आईरहेको चुनौतीहरु त्यसमा पनि ठुला मुलुकहरुले

सान मुलुकहरुलाई हेप्ने र विभेद गर्ने पश्चपात गर्ने यस्ता कुराहरुलाई कसरी एकीकृत गर्ने ढंगले लाने र नयाँ नमुनाको संविधान बनाएको र संविधानलाई प्रयोगमा लगेको

आफ्नो भनाई र राख्यौं त्यसप्रति क्यान विश्वको ध्यान गएकोमा विश्वस्त छौं ।’


 

शुक्रबार​ ३ चैत २०७९ ०२:२८ PM मा प्रकाशित

प्रतिक्रिया