×

दुई कम्पनीको ७ लाख ५५ हजार ९४० कित्ता संस्थापक सेयर लिलामीमा

images

काठमाडौं । दुई कम्पनीको ७ लाख ५५ हजार ९४० कित्ता संस्थापक सेयर लिलामीमा आएको छ। बैंक अफ काठमाण्डूको स्वामित्वको छिमेक लघुवित्त वित्तीय संस्थाको र आरएमडीसी लघुवित्त वित्तीय संस्था संस्थापक सेयर लिलामीमा आएको हो ।

छिमेक लघुवित्तको ६ लाख ६ हजार १४० कित्ता र आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता सेयर लिलामीमा ल्याएको हो । छिमेक लघुवित्तमा ६ सय रुपैयाँ र आरएमडीसी लघुवित्तको ५ सय  ४० रुपैयाँ  न्यूनतम मूल्य राखेर बोलकबोल गर्नुपर्नेछ।

यसमा चैत ९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामीमा राखिएका शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केटमा पेस गर्न सकिनेछ।

 

बिहीबार ५ फागुन २०७८ ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया