काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अपरेशन सञ्चालन गर्न सीआईएलाई अधिकार दिएको बताएका छन् ।
अमेरिकी सेनाले क्यारिबियनमा लागूपदार्थ तस्करीको आशंकामा जहाजहरूमा कम्तिमा पाँच आक्रमणहरू गरेका छन्, जसमा २७ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र मानव अधिकार विज्ञहरूले यी कार्यहरूलाई गैरकानूनी हत्या भनेर वर्णन गरेका छन् । ह्वाइट हाउसमा, ट्रम्पले अमेरिकाले लागूपदार्थ कार्टेलहरू विरुद्ध थप कारबाहीको तयारी गरिरहेको बताए ।
यसैबीच, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले टेलिभिजनमा अमेरिकालाई शान्तिको लागि अपील गरे । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, ट्रम्पको स्वीकृतिले सीआईएलाई भेनेजुएलामा एकतर्फी रूपमा वा व्यापक अमेरिकी सैन्य अपरेशनको भागको रूपमा अपरेशन सञ्चालन गर्न अनुमति दिएको छ ।
सीआईए भेनेजुएलामा अपरेशनको लागि तयारी गरिरहेको छ कि छैन भन्ने कुरा हाल स्पष्ट भने रहेको छैन । ट्रम्पले दुई कारणले सिआईएलाई यस्तो अधिकार दिएको बताएका छन् । पहिलो, उनीहरूले (भेनेजुएला) आफ्नो जेलबाट कैदीहरूलाई संयुक्त राज्य अमेरिकामा रिहा गरुन र दोस्रो लागूपदार्थ हो । धेरै भेनेजुएलाबाट आउने लागूपदार्थलाई आफुहरुले रोक्ने ट्रम्पले बताएका छन् ।
प्रतिक्रिया