×

बालेनलाई हर्कको जवाफ- लुकेर गेम खेल्दै स्टेटस लेख्न सजिलो छ, देशले कति गुमायो थाहा छ ?

images

काठमाडौँ  । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यति बेला फेसबुकमा निकै आक्रामक स्ट्याटस लेखिरहेका छन् । उनले सामाजिक सञ्जालमा लगातार लेखिरहेका स्ट्याटस अहिले चर्चाको विषय पनि बनेको छ । कतिले उनको फोन खोसिदिनु पर्ने ठट्टा समेत गर्न थालेका छन् ।

यसबीच हर्क र बालेनको सम्बन्ध जेनजी आन्दोलनपछि सुखद नभएको स्वयं हर्कले बालेनका बारेमा लेखेको बाटै बुझ्न सकिन्छ । प्रधानमन्त्री बन्ने भन्दै काठमाडौँ हाएका हर्क त्यति बेला निराश भए जब बालेनले प्रधानमन्त्रीमा सुशिला कार्कीको समर्थन गरे ।

अब हर्कले बालेनविरुद्ध लगातार लेख्दै आएका छन् । यसैबीच मंगलबार बालेनले हर्क साम्पाङलाई जति गालि गरेपनि आफुले तिमीलाई माया गर्न नछोड्ने भन्दै लेखे । बालेनले लेखे- डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यू आर माई ट्रू लभ । 

अब हर्क साम्पाङले यसको जवाफ दिएका छन् । हर्कले भनेका छन्- 'लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ??? देश रोएको बेला ऊ हाँस्दै बसेको छ !'

मङ्गलबार ३१ भदौ २०८२ ०८:१८ PM मा प्रकाशित

प्रतिक्रिया