×

डा केसीका मागबारे वार्ता गर्न टोली गठन

images

सरकारले चिकित्सक डा गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उहाँको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्र पन्थले आज विज्ञप्ति जारी गरी सो कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा नेपाल मेडिकल एसोसिएशनका प्रतिनिधि रहेको टोली गठन गरिएको जानकारी दिनुभएको हो । विज्ञप्तिमा अनशन तोडेर वार्तामा आउन डा केसीलाई आग्रह गरिएको छ ।

शुक्रबार​ ३१ भदौ २०७९ ०९:०२ PM मा प्रकाशित

प्रतिक्रिया