×

सिरियाली सेनाको मुख्यालयमा इजरायलको भिषण आक्रमण

images

काठमाडौँ । इजरायलले सिरियाली राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको मुख्यालयमा आक्रमण गरेको बताएको छ ।

सिरियाली स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा एक जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएको छ ।

इजरायलका रक्षामन्त्री इजरायल कान्ट्जले चेतावनीको समय सकिएको भन्दै अब बलियो र पीडादायी आक्रमण गरिने चेतावनी दिएका छन् । इजरायलले दक्षिण-पश्चिम सिरियामा ड्रुज समुदायका मानिसहरूलाई जोगाउन प्रयास गरिरहेको बताएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ड्रुज भाइहरूलाई बचाउन र सिरियाली शासनको गिरोहलाई अन्त्य गर्न काम गरिरहेको बताएका छन् । उनले ड्रुज समुदायका इजरायली सदस्यहरूलाई सीमा पार गरेर सिरिया नजान पनि अपील गरेका छन् ।

सिरियाली सरकारले यो आक्रमणको निन्दा गरेको छ र यसलाई 'आपराधिक र अवैध व्यवहार' भनेको छ ।

बुधबार १ साउन २०८२ ०८:३७ PM मा प्रकाशित

प्रतिक्रिया