×

राससकर्मी आचार्यमाथि कुटपिट

images


नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ राष्ट्रिय समाचार समिति ९रासस० चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन् । कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो ।

सो क्रममा आचार्यको शरिरमा घाउचोट लागेको छ भने कपडा च्यातिएको छ । कुटपिट भ पछि उहाँ भागेर बाच्नुभएको थियो । उहाँको साथमा रहेका दुई मोबाइल विद्युत्का कर्मचारीले खोसेर राखेका छन् । जिल्ला प्रहरी कार्यालयले एक जनालाई शुक्रबार राति पक्राउ गरेको छ । 

प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले आज दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजिव सिंहले कागज गरेको जानकारी दिनुभयो । आचार्य स्थानीय नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशकसमेत हुनुहुन्छ । उहाँ प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्षसमेत हुनुहुन्छ । घटनाको नेपाल पत्रकार महासङ्घ चितवनसहित पत्रकारसँग सम्बन्धित सङ्घ संस्थाले निन्दा गरेका छन् ।

शनिबार ३२ असार २०७९ ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया