×

काठमाडौं महानगरपालिकाद्वारा बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउन शुरु

images

काठमाडौं । काठमाडौंबाट सञ्चालन हुने लामो तथा मध्यम दूरीका सवारी साधनहरु गोङ्गबु बसपार्कबाट छुट्नुपर्ने नियम बनाएको काठमाडौं महानगरपालिकाले आज शुक्रबारदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउन शुरु गरेको छ ।

महानगरपालिकाको बिहीबार बसेको बैठकले असार १ गतेदेखि महानगरपालिका भित्र तथा रिङरोड आसपास रहेका टिकट काउन्टरहरूका बोर्ड हटाउने निर्णय गरेसँगै आजबाट सो काम शुरु गरेको हो ।

यत्रतत्र छरिएर रहेका टिकट बुकिङ काउन्टरहरुलाई निश्चित स्थानमा केन्द्रीत गरी व्यवस्थित गर्नका लागि महानगरपालिकाले कार्यदल पनि काम शुरु गरेको छ ।

जगतमान श्रेष्ठको संयोजकत्वमा बनेको १४ सदस्यीय कार्यदलले यात्रुहरु चढाउने र ओराल्ने स्थानको ठेगान पनि सोही कार्यदलले तय गर्ने जनाइएको छ ।

शुक्रबार​ १ असार २०८० १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया