×

म निर्दोष छु , उच्च अदालतबाट न्याय हुन्छ- पूर्वगृहमन्त्री बालकृष्ण खाँण

images

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उच्च अदालतबाट न्याय हुने बताएका छन्।

काठमाडौं जिल्ला अदालतले शुक्रबार उनीसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउनका आदेश दिएपछि अदालतबाट बाहिँरिदै खाँणले उच्च अदालतबाट न्याय हुने बताएका हुन्।

‘यो घटनामा म सामेल थिइनँ। म निर्दोष छु’ उनले भने, ‘अब उच्च अदालतबाट न्याय हुन्छ होला।’

शुक्रबार​ १ असार २०८० ०८:३७ PM मा प्रकाशित

प्रतिक्रिया