×

रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर

images

काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो ।

सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । सिताराम र गंगाराम जिल्ला र उच्च अदालतको आदेशअनुसार जन्मकैद भुक्तानका लागि जेलमै रहेका थिए । उनीहरुलाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश छ । जिल्ला अदालतले ठहर गरेबमोजिम तीन वर्षको कैद भुक्तान गरिसकेका लक्ष्मण थारुलाई उच्च अदालतले जन्मकैद तोकेकोमा सर्वोच्चले जिल्लाकै फैसला सदर गरेको हो । थारुले थप जेल बस्नु पर्दैन ।

मङ्गलबार २ जेठ २०८० ०५:२९ PM मा प्रकाशित

प्रतिक्रिया