×

आईओसीबाट पेट्रोलको मूल्य साढे ९ रुपैयाँ घटेर आयो

images

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। हरेक १५ दिनमा  मूल्य घटबढ गर्ने नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन बीच सहमति छ। जस अनुसार आज (१६ तारिख) नयाँ मूल्य आएको हो।

अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको छ । आईओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ ।

सोअनुसार आईओसीले १५ दिनअघिको तुलनामा मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्यसूची पठाउँछ ।

सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्नेमा सञ्चिति नोक्सान देखाउँदै निगमले मूल्य समायोजन गरेको छैन । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

मङ्गलबार २ जेठ २०८० ०३:१० PM मा प्रकाशित

प्रतिक्रिया