×

बाँकेका पन्ध्र वडाको मत परिणाम सार्वजनिक

images

बाँकेमा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले पाँच, नेपाली कांग्रेसले चार, नेकपा माओवादी केन्द्रले तीन, जनता समाजवादी पार्टी जसपाले दुई तथा राप्रपाले एक वडा जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल निर्वाचित हुनुभएको छ । उहाँले कूल ७८१ मत प्राप्त गर्नुभएको थियो ।

उहाँ यसअघि पनि सो वडाका वडाध्यक्ष हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तारामान कुँवरले ७२७ मत प्राप्त गर्नुभयो भने कांग्रेसले ५८१ मत प्राप्त गरेको थियो ।  

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाका मनोज श्रेष्ठले ५५० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उक्त वडा विसं २०७४ को निर्वाचनमा  कांग्रेसले जितेको थियो ।    नेपालगञ्ज– २२ मा जसपाका अब्दुल गफ्फार हलवाई निर्वाचित हुनुभयो ।    यस्तै जानकी गाउँपालिका वडा नम्बर १ मा जसपाका प्यानल विजयी भएकोछ । जसपा नेपालका मोहम्मद रजा राइ वडाध्यक्षमा एक हजार १७४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ  ।वडा नम्बर २ मा नेकपा माओबादीका चन्द्रिकाप्रसाद गुप्ता विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित हुनुभएको हो । 

राप्तीसोनारी गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका यमबहादुर खड्का निर्वाचित  हुनुभयो । उहाँसहित एमालेको पूरै प्यानल निर्वाचित भएको हो । खुला सदस्यमा एमालेकै चूर्णबहादुर भण्डारी र भरत बुढाथोकी, महिला सदस्यमा एमालेकै यमकुमारी ओली र दलित महिला सदस्यमा निर्मला विक निर्वाचित हुनुभएको छ ।  

राप्तीसोनारी –२ मा एमालेका उम्मेदवार ज्ञानेन्द्र वली ९ज्ञानु० विजयी हुनुभएको छ  । राप्तीसोनारी–३ मा एमालेका मीनकुमार थारु निर्वाचित हुनुभएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार मिनकुमार थारुले एक हजार ३४३ मत ल्याउनुभएको छ । महिला सदस्यमा सुमित्राकुमारी थारु दलित महिला सदस्यमा रिता दमाई, खुला सदस्यतर्फ पुन्वा थारु र मङ्गलबहादुर ओली विजयी भएका हुनुभएको छ ।  कोहलपुर नगरपालिका–१ मा माओवादीका बद्रीप्रसाद जैसीको प्यानल विजयी भएको छ । 

कोहलपुर– १५ मा  कांग्रेसका दीपेन्द्रकुमार थारु वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।  सो वडामा कांग्रेसको पूरै प्यानल निर्वाचित भएको छ । खुजुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका मनवीर खत्री विजयी हुनुभएको छ ।    डुडुवा गाउँपालिका–१ मा कांग्रेसका पटेश्वरी कुर्मीसहितको प्यानल विजयी भएको छ ।

सोमबार २ जेठ २०७९ १०:२१ AM मा प्रकाशित

प्रतिक्रिया