×

कसैलाई पनि गाली नगर्न सभापति लामिछानेको आग्रह

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई माया गर्नेहरुले कसैलाई पनि गाली नगर्न आग्रह गरेका छन्।

आइतबार तनहुँको दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपालाई माया गर्नेहरुले कसैलाई पनि गाली नगर्न आग्रह गरेका हुन्।

उनले अहिलेपनि सामाजिक सञ्जालमा हाम्रा समर्थकहरुले गाली गरेको देखेर कटाक्ष हुने गरेको बताएका छन्। भने, ‘हाम्रा समर्थकले कसैलाई गाली गर्नुभएको रहेछ। त्यसको भार पनि हाम्रो टाउकोमा राखिएको छ।’

‘म क्षमा चाहन्छु। हाम्रा कार्यकर्ता छैनन र हुने छैनन्। पछि लाग्ने जति छन् सँगसँगै हिँड्छ्न,’ उनले भने।

आइतबार​ ३ बैशाख २०८० ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया