×

बढेर आयो डिजेल–पेट्रोलको मूल्य

images

काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ।

इन्डियन आयल कर्पोरेसन(आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा साढे ६ रुपैयाँ र डिजेलमा एक रुपैयाँ मूल्य बढेर आएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री-वितरण गर्छ। आइओसीले नेपाल आयल निगमलाई पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ।

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ।

आइतबार​ ३ बैशाख २०८० ०८:४७ PM मा प्रकाशित

प्रतिक्रिया