×

हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

images

महोत्तरी जिल्लाको सागरनाथ वनमा आज दिउँसो हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको गौशाला नगरपालिका–१२ मा रहेको सागरनाथ वन परियोजनाअन्तर्गत निर्माणाधीन रेल्वे लिकभन्दा ५०० मिटर दक्षिणतर्फ जङ्गल क्षेत्रमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
    
नाम, थर, वतन नखुलेको अन्दाजी २५/२६ वर्षीया गर्भवती, घाँटीमा निलडाम रहेको ती महिलालाई हत्यापछि जङ्गलमा फालिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ भने शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ । साथै उक्त महिला को रहेको र कसरी उनको शव जङ्गलमा आएको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसमेत सुरु गरिसकेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । 

बुधबार ४ फागुन २०७८ ०८:३२ PM मा प्रकाशित

प्रतिक्रिया