×

एमाले अध्यक्ष ओली भेट्नबालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् ।

अहिले दुई नेताहरूबीच ओली निवासमा भेटवार्ता जारी छ। प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किने बालुवाटार स्रोतले जनाएको छ ।प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भरहेको छ।

यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा टुंग्याउने तयारी गरे पनि त्यो हुन सकेको छैन। दुई नेताबीच आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल हुने बताइएको छ । 

प्रधानमन्त्री प्रचण्डले मंगलबार आफूलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाएका छन्। यसअघि आइतबार एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार गएका थिए। 

सोमबार २ माघ २०७९ १०:४२ AM मा प्रकाशित

प्रतिक्रिया