×

सरकारले गर्‍यो एकै पटक ४० सहसचिवको सरुवा (सूचीसहित)

images

काठमाडौँ — सरकारले एकै पटक ४० जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को बिहीबारको निर्णयअनुसार आइतबार सरुवाको सूची सार्वजनिक गरेको हो । 

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको पनि सरुवा गरेको छ । परियार काठमाडौं महानगरपालिकाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । गत माघमा काठमाडौं महानगरपालिकामा गएका उनी एक वर्ष पनि पूरा नहुँदै सरुवा भएका हुन् । 

काठमाडौं महानगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरोजप्रसाद गुरागाईं सरुवा भएका छन् ।

राजीव पोखरेलको मधेश प्रदेशको उद्योग वाणिज्य मन्त्रालयबाट संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ ।

 

सहसचिवहरूको सरुवाको विवरण यस्तो छ :

आइतबार​ ३० भदौ २०८१ ०९:०४ PM मा प्रकाशित

प्रतिक्रिया