×

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५/५ रुपैयाँले मूल्य घटेको छ ।

यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुनेछ । 


त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमशः १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा १५६.५ रुपैयाँ र १४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

आइतबार​ ३० भदौ २०८१ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया