काठमाडौँ । बलिवुडमा विहिबार दुई ठुला बजेटका फिल्म रिलिज भएका छन् ।
ऋतिक रोशन र जूनियर एनटीआरको वार- २ रिलिज भएको छ भने सुपरस्टार रजनीकान्तको कुली पनि एकसाथ रिलिज भएको छ । रजनीकान्तको फिल्मको लागि दर्शकहरूमा ठूलो क्रेज देखिएको छ । रिलिजको पहिलो दिनको बक्स अफिस कलेक्सन बाहिर आएको छ ।
रजनीकान्तको फिल्म कुलीले पहिलो दिन भारतमा ६५ करोड कमाई गरेको छ । त्यस्तै वार-२ ले भारतमा ५२.५ करोड कमाई गरेको छ । रजनीकान्तको फिल्म कुलीले भारत बाहिर आक्रामक कमाई गरेको छ । कुलीले पहिलो दिन विश्व भर डेढ सय करोडभन्दा बढी कमाई गरेको बताइएको छ । त्यस्तै वार- २ ले विश्वभर करिब सय करोडको कमाइ गरेको छ ।
कुली यस वर्षको बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो । सुपरस्टार रजनीकान्त बाहेक, बलिउड सुपरस्टार आमिर खान, नागार्जुन, श्रुति हासन, सोबिन शाहीर र उपेन्द्र राव पनि यस फिल्ममा मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म करिब ४ सय करोडको बजेटमा बनाइएको छ । अर्कोतर्फ ऋतिक रोशनसँगै जुनियर एनटीआरको फिल्म वार-२ को लागत पनि चार सय करोड रहेको छ ।
प्रतिक्रिया