×

विशेष महाधिवेशन वैध भइसक्यो, समानान्तर गतिविधि गर्ने छुट कसैलाई छैन: विश्वप्रकाश शर्मा

images

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताबारे कुनै अन्योल र द्वविधा नरहेको स्पष्ट पारेका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विशेष महाधिवेशन विधिपूर्वक सम्पन्न भएको र निर्वाचन आयोग तथा अदालतले यसलाई सही ठهर्‍याइसकेकाले नेतृत्वको वैधानिकतामा शंका गर्नुपर्ने ठाउँ नरहेको बताए ।

शर्माले विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएको र सर्वोच्च अदालतले समेत केन्द्रीय समितिलाई बदर नगरेको स्पष्ट पारे । आवेगमा आएर समानान्तर गतिविधि गर्ने वा नेमप्लेट राख्ने कार्य खेलको नियम र विधिको विपरीत हुने उनको भनाइ थियो ।

फुटसल खेलको उदाहरण दिँदै उनले मैदानमा निर्णय गर्ने अधिकार रेफ्रीको जस्तै राजनीतिमा आधिकारिक निर्णय गर्ने अधिकार निर्वाचन आयोग र अदालतको हुने बताए । पार्टी फुट्ने सबै आशंकालाई खारेज गर्दै उनले विधिको शासनभित्र रहेर पार्टीलाई थप सुदृढ बनाउन सबै नेताहरूलाई आग्रह गरे ।

शनिबार ३० साउन २०८३ ०६:५६ PM मा प्रकाशित

प्रतिक्रिया