×

२४ घण्टामा २ सय २९ जनामा काेराेना पुष्टि

images

पछिल्लो २४ घण्टामा दुई सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय १७ जनाको नमूना परीक्षण गर्दा दुई सय २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनङ्सख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा ४८ जना सङ्क्रमित निको भएका छन् । नेपालमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १२ सय ८४ जना पुगेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । 

थप ८७ हजार नाै सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ । 

शुक्रबार​ ३१ असार २०७९ ०५:३८ PM मा प्रकाशित

प्रतिक्रिया