×

श्रीलङ्का : राष्ट्रपतिलाई ‘महामहिम’ भनेर सम्बाेधन नगर्ने रनिल विक्रमासिङ्घेकाे घाेषणा

images

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिकाे रूपमा शपथ लिनुभएकाे छ । देशका प्रधानन्यायाधीश जयन्थ जयसूर्याले विक्रमासिङ्घेलाई शपथ ग्रहण गराउनुभयाे । 

अन्तरिम राष्ट्रपति पदकाे शपथ लिँदै रनिल विक्रमासिङ्घेले दुई वटा महत्त्वपूर्ण घाेषणा गर्नुभएकाे छ । राष्ट्रपतिलाई सम्बाेधन गर्न ‘महामहिम’ शब्द निषेधित गरेकाे र राष्ट्रपतिकाे झण्डा हटाउने निर्णय गरेकाे उहाँले विज्ञप्तिमा भन्नुभएकाे छ । 

यसअघि गएकाे बिहीवार अबेर राति सिङ्गापुर पुग्नुभएका गाेटाबाया राजापाक्षेले श्रीलङ्काकाकाे संसद्का सभामुख महिन्दा यापा अबयवार्देनालाई आफ्नाे राजीनामा इमेल गर्नुभएकाे थियाे । त्याे राजीनामा आज सभामुखले स्वीकार गर्नुभएकाे थियाे । 

राजीनामा स्वीकृत भएकाे केहीबेरमा नै रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपति पदकाे शपथ लिनुभएकाे हाे । 

शुक्रबार​ ३१ असार २०७९ ०५:२७ PM मा प्रकाशित

प्रतिक्रिया