×

साच्चिकै भ्रष्टाचारको फाईल खोलेको हो भने सरकारलाई स्यावास- रवि लामिछाने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको भ्रष्टाचारविरोधी कदममा साथ दिने बताएका छन् ।

आज (शनिबार) बुढानीलकण्डमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तर्साउनको लागिमात्रै फाईल नचलाएर साच्चिकै भ्रष्टाचारको अन्त्यको लागि काम गरे आफूहरुले साथ दिने बताएका हुन् ।

‘फाईल चलाउनु र फाईल खोल्नु अलग कुरा हो । चलाएकोमात्र हो भने खबरदार, खोलेको हो भने स्यावास । हामी पनि छौं, एक–एकलाई समाउनु, कसैलाई नछोड्नु । सानातिनालाई समाएजस्तो गरेर तर्साउने काम नहोस् ।

फाईल खोल्नु भनेको सरकार टिकाउने र सत्ता टिकाउने खेलमात्रै नबनोस् । भ्रष्टाचारी सक्ने काम सरकारले गरेको छ भने हामीले साथ दिन्छौं भनेका छौं,’– लामिछानेले भने ।

शनिबार ३० असार २०८० ०८:५९ PM मा प्रकाशित

प्रतिक्रिया