×

डा. वैकुण्ठ अर्याल मुख्य सचिव , वैरागी सुरक्षा सल्लाहकार नियुक्त

images

काठमाडौं । सरकारले बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त मुख्यसचिव अर्यालले उद्योग सचिव, सञ्चार सचिव र प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव भएर काम गरिसकेका छन्। असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको छ । हालका मुख्य सचिव वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यसचिव  बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् । सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो । 

बिहीबार ३२ जेठ २०८० ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया