×

संसदीय सुनुवाइ प्रक्रियामा उजुरीकर्ताको असन्तुष्टि

images

काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइको प्रक्रियामाथि नै प्रश्न उठाउँदै बहुसङ्ख्यक उजुरीकर्ताले संसदीय सुुनुवाइ समितिसँगको छलफललाई अस्वीकार गरेका छन् ।

उनीमाथि उजुरी दिने २९ मध्ये १६ जनाले आफ्ना जायज मागको सुनुवाइ गर्न समिति इच्छुक नदेखिएको भन्दै समिति बैठकबाट बाहिरिए । समितिकै बैधतामाथि प्रश्न उठाएका उजुरीकर्ता समितिसमक्ष धारणा राख्न तयार भए पनि कुरा सुनुवाइ नभएको भन्दै छलफलको बिचबाटै बाहिरिएका छन् ।

उजुरीकर्ताले छलफलमा भाग लिन अस्वीकार गरे पनि समितिले प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइको तालिकालाई यथावत् रूपमा नै अघि बढाउने निर्णय गरेको छ । समितिले कार्कीको सुनुवाइ अहिले बिहान गर्ने निर्णय पनि गरेको छ । समितिले सात जना उजुरीकर्तासँग छुट्टाछुट्टै र अन्यसँग सामूहिक छलफल गरेको जनाएको छ ।

“हामीले समूहगत र व्यक्तिगत रूपमा उपस्थित उजुरीकर्ताको कुरा सुन्यौँ । अब आज विहिबार प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइको प्रक्रिया अघि बढ्ने छ,” कांग्रेस प्रमुख सचेतक एवं समिति सदस्य रमेश लेखकले भने।

उजुरीकर्ताको एक समूहले समितिको वैधतामा नै प्रश्न उठाएका छन् । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, अधिवक्ता अमृत खरेल, अधिवक्ता उत्तम श्रेष्ठ, उजुरकर्ता रतन भण्डारीलगायत १६ जनाको समूहले समितिको वैधतामा प्रश्न उठाएका थिए ।

सङ्घीय संसद्को संयुक्त बैठक र समितिको कार्यसञ्चालन नियमावली राजपत्रमा प्रकाशित नै नभएकाले समितिको वैधतामा उजुरीकर्ताले प्रश्न उठाएका हुन् । उक्त नियमावली प्रकाशन भएको तथ्य सचिवालयले उजुरीकर्तालाई समेत दिएको छैन । गोरखापत्र दैनिकबाट

बिहीबार ३२ जेठ २०८० ०६:४९ AM मा प्रकाशित

प्रतिक्रिया