×

खेताला परिक्षार्थी प्रकरण : गाउँपालिका अध्यक्ष विमर्श मोक्तानको सबै परीक्षा रद्द

images

सिन्धुली । मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को कक्षा १२ को सबै परीक्षा रद्ध गरिएको छ । माध्यामिक शिक्षा परीक्षा समन्वय समितिको शनिबार बसेको बैठकले उनले दिएका सबै परीक्षा रद्द गर्ने निर्णय गरेको हो । उनले यो वर्ष दिएको र दिन बाँकी रहेका सबै परीक्षा रद्द गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा बसेको बैठकले कपिलाकोट मावि परीक्षा केन्द्रबाट परिक्षा दिएका मोक्तानको शुक्रबार दिएको सामाजिक विषयको परीक्षामा अनुगमनका क्रममा २२००३१२७ सिम्बल नम्बरका २ वटा कपी फेला परेको थियो ।

उनलाई पुस्तकालय कोठामा एकान्तमा परीक्षा दिलाएको सूचनाको आधारमा समितिले अनुगमन गर्दा दुई वटा उत्तर पुस्तिका फेला पारेको थियो । सोहि दिन केन्द्राध्यक्ष विष्णुमाया योञ्जनले सो कपी रद्द गर्न माध्यामिक शिक्षा परीक्षा बोर्डलाई सिफारिस गरेर पठाएकी थिईन । समितिले उक्त सिम्बोल नम्बरका सबै कपी रद्द गर्न परीक्षा बोर्डलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै समितिले केन्द्राध्यक्षले परीक्षालाई व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न नसकेको भन्दै केन्द्राध्यक्ष विष्णुमाया योञ्जन, सहायक केन्द्राध्यक्ष शुक्रबहादुर माझी र निरिक्षक गोकर्ण विक्रम शाहलाई परीक्षा अवधिभर परीक्षासँग सम्बन्धित कुनै पनि काम गर्न नदिने गरि जिम्मेवारीबाट हटाएको छ । राजधानी दैनिकबाट

सोमबार १ जेठ २०८० ०६:५८ AM मा प्रकाशित

प्रतिक्रिया