×

नेप्सेको ओरालो यात्रा कायमै

images

काठमाडौं । साताको चौंथो दिन बुधबार नेप्से दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा बन्द भएको हो । अघिल्लो दिन १.८५ अंकले बढेर बजार १९५३.०६ विन्दुमा बन्द भएको थियो यस दिन नेप्से परिसूचक १४.४४ अंक घटेर १९३८.६२ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५३ स्टकको २५ हजार ४९१ पटकको कारोबारमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बजार घटेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यूनिक नेपाल लघुवित्तको शेयरमूल्य यस दिन १३२ रुपैयाँ ५० पैसा बढेर १ हजार ४५८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ भने शुभम पावरको ४२ रुपैयाँ ६० पैसा बढेर ४६९ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन किसान लघुवित्त र बाराही हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १० करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सानिमा माइ हाइड्रोपावरको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.५१ प्रतिशत बढेको छ। लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८६ प्रतिशत घटेको छ। आज ३७ लाख १६ हजार ६८४ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा एक अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै सर्वाधिक नाफा कमाउनेमा क्रमशः युनिक नेपाल लघुवित्त, शुभम पावर लिमिटेड, विन्द्यवासनी हाइड्रोपावर डेभलपमेन्ट, रु रु जलविद्युत परियोजना र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था रहेका छन् ।

सर्वाधिक गुमाउनेतर्फ भने क्रमशः किशान लघुवित्त, बाराही हाइड्रोपावर, स्वरोजगार लघुवित्त, फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था रहेका छन् । बुधबार कारोबारका आधारमा १० करोड ३५ लाख २२ हजार ३३ रुपैयाँको कारोबारसहित एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ ।कारोबारमा रहने उपसमूहमा भने आज १३ वटै समूहको शेयर मूल्य घटेको छ ।

बुधबार १ चैत २०७९ ०३:३६ PM मा प्रकाशित

प्रतिक्रिया