×

उपराष्ट्रपति निर्वाचनमा मौन अवधि सुरु

images

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मंगलवार मध्यरातीदेखि मौन अवधि सुरु भएको छ । उपराष्ट्रपति निर्वाचन शुक्रवारका लागि तोकिएको छ ।  मौन अवधिभर निर्वाचनका उम्मेदवारले प्रचारप्रसार तथा मत माग्न पाइँदैन ।

उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् । निर्वाचनमा सामसहायलाई सत्ता गठबन्धनको साथ छ भने, अष्टलक्ष्मीलाई विपक्षी दलको सहानुभुति छ । जनमतकी ममतालाई मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको सहयोग छ ।

उपराष्ट्रपति निर्वाचनमा जसपाकै प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी थिइन् । तर, उनले पछि उम्मेदवारी निष्कृय पारेकी छिन् । 
उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्यहरुले मद हाल्न पाउँछन् । यसअघि तिनै मतदाताहरुले राष्ट्रपति पदमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई चुनिसकेका छन् ।
 

बुधबार १ चैत २०७९ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया