×

नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादवलाई भोट दिने

images

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई सहयोग गर्ने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले बताए।

कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई मतदान गर्ने निर्णय गरेको हो।

प्रवक्ता महतले जसपाका तर्फबाट गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गर्ने निर्णय भएको जानकारी दिए। कांग्रेसले पार्टीबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित भएका सदस्यहरूलाई यादवका पक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ।

बैठकले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ लगायतका उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारीका उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन गर्ने निर्णय पनि गरेको छ।

बुधबार १ चैत २०७९ १२:३२ PM मा प्रकाशित

प्रतिक्रिया