×

गठबन्धनमा उपराष्ट्रपतिबारे भएन सहमति, भोलि फेरि बस्ने

images

काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनमा उपराष्ट्रपति उम्मेद्‍वारको विषयमा सहमति जुटेको छैन।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले उपराष्ट्रपतिको साझा उम्मेद्‍वारको विषयमा सहमति जुट्न नसकेको हो।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेद्‍वारमा जसपाबाट रामसहाय यादव र जनमतबाट ममता झा गरी दुई जनाको उम्मेद‍्वारी रहेको छ।

बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन । उम्मेद्‍वारमा साझा सहमति नभएपछि बिहीबार फेरि बस्ने गरी बैठक सकिएको छ।

बुधबार १ चैत २०७९ ०८:०० PM मा प्रकाशित

प्रतिक्रिया