×

चलचित्र विकास बोर्डले तीन दिने विशेष कार्यशाला आयोजना गर्ने 

images

काठमाडौँ । चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमाचलचित्रको पटकथा लेखन र निर्देशनको बिषयमा तीन दिने विशेष कार्यशाला आयोजना गर्ने भएको छ । 

विभिन्न पुरस्कारहरू विजेता भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा आगामी चैत्र ३ देखि ५ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो । बोर्डको चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तर्गत आयोजना हुने यो कार्यशालामा सहभागि हुन कुनै शुल्क लाग्नेछैन । 
 

को हुन् अनुपम बर्वे ?
अनुपम बर्वे भारतको पुणे स्थित चलचित्र र थिएटर निर्देशक र चलचित्र शिक्षक हुन् । उनि पछिल्लो समय एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)मा फिल्म निर्देशनको एसोसिएट प्रोफेसर रहेका थिए । उनले पुणे विश्वविद्यालयबाट बीए (पर्फमिङ्ग आर्ट) र लण्डनको वेस्टमिन्स्टर विश्वविद्यालयबाट एमए (फिल्म तथा टेलिभिजन निर्देशन) गरेका छन्। 

उनि हाल यास्मिना रेजाको टोनी अवार्ड जितेको ब्ल्याक कमेडी ‘गड अफ कार्नेज’को मराठी रूपान्तरण नाटक ‘उछाड’को निर्देशनमा व्यस्त छन् । उनले मानसिक स्वास्थ्यमा आधारित ‘गोष्ट अहे पृथ्वीमोलाची’ नामक श्रृंखालाको ६ भागको निर्माण तथा निर्देशन गरेका छन् । उनले कामुकता र आत्म–प्रभावकारिता वरपरका कथाहरूमा आधारित ’सेफ जर्नीज’ शीर्षकमा आठ भागको वेब सिरिजको निर्माण र निर्देशन पनि गरेका छन् । 

उनले निर्देशन गरेका फिल्महरुले लण्डन एशियन फिल्म फेस्टिभल, न्यूयोर्क इन्डियन फिल्म फेस्टिभल र लुम्स फिल्म फेस्टिभल, लाहोर जस्ता विश्वभरका फिल्म फेस्टिभल र प्रतियोगिताहरूमा प्रशंसा पाएका छन् । उनको फिल्म ’फ्रेस सुसाइड’ ले गोवाको आएएफएफआईमा गोल्डेन पाम ट्री अवार्डको लागि मनोनयनमा परेको थियो र अन्य केहि फेस्टिभलहरुमा विभिन्न पुरस्कार जितेको छ । फिल्म ‘सो ह्वाट’बाट उनले स्मिता पाटिल फिल्म फेस्टिभल, पुणेमा उत्कृष्ट निर्देशकको अवार्ड पनि जितेका छन् ।


 

बुधबार १ चैत २०७९ ०३:३० PM मा प्रकाशित

प्रतिक्रिया