×

मौसम-- मुलुकको पहाडी भूभागमा चट्याङसहित वर्षा हुने 

images


काठमाडौं । आज मुलुकको अधिकांश भूभागमा सामन्यादेखि आंशिक बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी  भूभागमा मेघ गर्जन सहित हल्का वर्षा

हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भाग स्थानमा चट्याङ पर्ने सम्भावना पनि छ । बुधवार

राती देशको पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, र सुदुरपश्चिम प्रदेशका

पहाडी भू–भागका  एक–दुई स्थानमा  मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।  
 

बुधबार १ चैत २०७९ १०:४७ AM मा प्रकाशित

प्रतिक्रिया