×

भोलीदेखि राष्ट्र उत्थान लघुवित्तको आईपीओ आउँदै

images

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोली देखि बिक्रि खुला भएको छ । कम्पनीले कुल ८ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीको जारी पूँजी २६ करोडको ३२.६५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबर रकमको आईपीओ बिक्रि खुला हुन लागेको हो ।

जसमध्ये कुल निष्काशनको ५ प्रतिशतले हुन आउने ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानीकोषको लागि छुट्याईएको छ । त्यस्तै १३ हजार कित्ता सेयर कर्मचारी र बाँकी ७ लाख ९४ हजार ५ सय कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

आईपीओमा भोली (फागुन ४ गते) देखि फागुन ८ गते बैंकिङ्ग कारोबार समयमा आवेदन दिनुपर्ने छ । कम्पनीले भोली बिक्रि खुला भएर छिटोमा फागुन ८ गते र ढिलोमा १८ गते निष्काशन बन्द हुने जनाएको छ ।

 

मङ्गलबार ३ फागुन २०७८ ०४:०१ PM मा प्रकाशित

प्रतिक्रिया