×

धरौटी बुझाएर छुटे रवि लामिछाने, दिए देशमा न्याय नमरेको प्रतिक्रिया

images

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। आदेशलगत्तै धरौटीवापत लामिछानेले ६० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए । स्वर्णलक्ष्मीमा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको थियो । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको पाइएको छ।

अदालतले उक्त मुद्दामा लामिछाने अहिले नै कसूरदार होईनन् भन्न सक्ने अवस्था नदिएको भन्दै धरौटी माग गरेको थियो।

लामिछानेले देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले अदातलप्रति सम्मान व्यक्त गरे ।

रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’

बुधबार २ माघ २०८१ १०:२१ PM मा प्रकाशित

प्रतिक्रिया